← समाचारमा फर्कनुस्
संकटाविरुद्ध जावलाखेलको नाटकिय बराबरि

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले संकटा क्लबविरुद्ध नाटकिय बराबरी गरेको छ।
खेलको ७५ औ मिनेटसम्म २-० गोललेपछि परेको जावलाखेलले त्यसपछि २ गोल फर्काउदै २-२ को अवस्थामा पुर्यायो।
दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल र संकटा २-२ गोलको बराबरी खेल्दै अंक बाढे।
संकटाका लागी खेलको ४३औं मिनेटमा आयुष घलान र खेलको ७३औं मिनेटमा चन्दन कुमार दासले गोल गरे।
यता जावलाखेलका लागी ७७औं मिनेटमा एनकोटो मासाओबी र खेलको ८६औँ मिनेटमा समिराज ठोकरले गोल गरे।
यो नतिजासंगै जावलाखेल २० खेलमा ३३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै संकटाको २० खेलमा २३ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |