← समाचारमा फर्कनुस्
थ्री स्टारविरुद्ध मछिन्द्र, हिमालयन शेर्पाविरुद्ध जावलाखेल र सातदोबाटोविरुद्ध संकटा मैदानमा

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।
थ्री स्टार ११ खेलमा २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहदा मछिन्द्र ११ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।
सोहि समय च्यासल रंगशालामा रोयल ब्लु सातदोबाटो युथ क्लब र संकटा क्लब भिड्दैछन्।
लिगमा सातदोबाटो ११ खेलमा १८ अंकसगित पाँचौं स्थानमा रहदा संकटा ११ खेलमा १५ अंक जोड्दै नवौं स्थानमा रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा साँझ ६ बजे दशरथ रंगशालामा हिमालयन शेर्पा र लिग लिडर जावलाखेल युथ क्लब भिड्दैछन्।
लिग लिडर जावलाखेलको ११ खेलमा २३ अंक रहेको छ । उता हिमालयन शेर्पा ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |