← समाचारमा फर्कनुस्
Football Apr 26, 2023 · Shishir

यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

काठमाडौ-एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपाल इरानसँग पराजित भएको छ ।

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको हो ।

नेपाल खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित हुन पुगेको हो।

नेपालले दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग खेल्नेछ।

छनोटबाट शीर्ष टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाली टिमः

गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी ।

डिफेन्डरः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई ।

मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ ।

फरवार्डः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →