← समाचारमा फर्कनुस्
फ्रेन्ड्स र चर्च ब्वाइजले अंक बाढे

काठमाडौं- जारि सहिद स्मारक ‘ए’डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।
चर्चका लागी खेलको २१ औं मिनेटमा विदेशी खेलाडी जोसेफ बेम्पाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उता फ्रेन्ड्सका लागी खेलको ७३ औं मिनेटमा अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।
यो बराबरीसंगै चर्चले शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।लिगमा चर्च ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ। उता फ्रेन्ड्सको समान खेलबाट ५ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |