← समाचारमा फर्कनुस्
म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो

काठमाडौ- युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो। खेलमा २-० गोलको अग्रता लिएको युनाइटेडले खेल सकिन अन्तिम ६ मिनेट बाकी रहदा दुई आत्मघाती गोल गरेपछि खेल बराबरिमा सकिएको हो ।
युनाइटेडका लागि मार्सेल सबतिजरले १४औं र २१औं मिनेटमा दुईगोल गर्दा सेभियाका लागी ८४औं मिनेटमा युनाइटेडका टारेल मलमासिया र इन्जुरी समयमा ह्यारी मग्वाएरले आत्मघाती गोल गरे।
अब यी दुईबिचको दोस्रो लेग अप्रिल २० मा सेभियाको घरेलु मैदानमा हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |