← समाचारमा फर्कनुस्
Basketball Aug 23, 2023 · Shishir

ग्रिनफिल्ड सेमिफाइनलमा

ग्रिनफिल्ड सेमिफाइनलमा

काठमाडौं, भदौ ६ गते । आयोजक ग्रिनफिल्ड ‘ए’ दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०–२४ ले पराजित ग¥यो । ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले १८ अंक जोडे ।

जुनियर ब्वाइजमै ज्ञान निकेतनले पिपुल्स एकेडेमीलाई ३०–१२ तथा रेडिअन्ट पब्लिकले इडेन ब्रिज एकेडेमी    (इबीए) लाई ३०–२६ ले हराउदै सेमिफाइनलमा स्थान बनाए । ज्ञान निकेतनका दिप्सनले १२ तथा रेडिअन्टका विधानले २१ स्कोर गरे ।

सिनियर ब्वाइज पनि ज्ञान निकेतनले सेमिफाइनल यात्रा तय ग¥यो । ज्ञान निकेतनले द एक्सेल्सियरलाई ५१–२१ ले पाखा लगायो । ज्ञान निकेतनका आयुश रावलले १६ अंक जोडे ।

सिनियर गल्र्समा रिब्स र संस्कृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सले रेडिअन्ट पब्लिकमाथि १९–१८ को कठिन जित दर्ता ग¥यो । रिब्सकी नौशिका लिम्बूले ७ अंक जोडिन् ।

साइ निलायम विरुद्धको खेलमा संस्कृति ३०–१८ ले विजयी भयो । संस्कृतिकी रिदिसमाले १२ स्कोर गरिन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →