← समाचारमा फर्कनुस्
Football May 02, 2023 · Shishir

थ्री स्टार र खुमलटारले अंक बाढे

थ्री स्टार र खुमलटारले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाढेका छन्।

च्यासल रंगशालामा थ्री स्टार र खुमलटारबिचको खेल २-२ गोलको बराबरी सकिएको हो।

थ्री स्टारका लागी खेलको चौंथो मिनेटमा लाकेन लिम्बु र खेलको ६७ औं मिनेटमा आदित्य शाक्यले गोल गरे। 

खुमलटारका लागी खेलको ४५औ मिनेटमा मेसुके ओलुमोउले र खेलको ५० औं मिनेटमा समिर बिनोङले गोल गरे।

यो बराबरीसंगै थ्री स्टारले लिग लिडर बन्ने मौकी गुमाएको छ।

थ्री स्टार १४ खेलमा २३ अंक जोड्दै दोस्रो स्थानमा रहदा खुमलटारले १४ खेलमा १४ अंक जोड्दै पुच्छारमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →