लिग लिडर जावलाखेललाई अग्रता बढाउने मौका

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुदैछ।
दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लब भिड्दैछन्। यी दुईबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ।
मछिन्द्र ९ खेलमा १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यस्तैलिगमा एपीएफ समान खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
त्यस्तै सोहि समय हुने अर्को खेलमा लिग लिडर जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।
यी दुईको खेल च्यासल मैदानमा हुनेछ। लिग लिडर जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ।उता तालिकाको पुच्छारमा रहेको पुलिसले ५ अंक जोडेको छ ।
आज हुने अन्तिम खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब भिड्दैछन्।दशरथ रंगशाला हुने यो खेल साझ ६ बजे सुरु हुनेछ ।
लिगमा संकटा ९ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । त्यस्तै फ्रेन्ड्स समान खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |