← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

एपिएफ र फ्रेन्ड्सले अंक बाढे

एपिएफ र फ्रेन्ड्सले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफ र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

एपिएफका लागि प्रदीप लामाले खेलको २७ औं मिनेटमा गोल गर्दा फ्रेन्ड्सका लागि रफिक अर्निमुले खेलको ५२ औं मिनेटमा  गोल गरे।

यो बराबरिसंगै एपिएफ १३ खेलमा १८ अंकसहित छैटौं स्थानमा रहेको छ । उता फ्रेन्ड्स समान खेलमा १५ अंकसहित नवौं स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →