← समाचारमा फर्कनुस्
Football Apr 12, 2023 · Shishir

एपिएफ हिमालयन शेर्पासंग स्तब्ध

एपिएफ हिमालयन शेर्पासंग स्तब्ध

काठमाडौ- सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।

च्यासल मैदानमा भएको खेलमा शेर्पाले एपिएफलाई ५-३ गोल अन्तरले पराजित गरेको हो।

शेर्पाको जितमा सुदिप श्रेष्ठले आठौं मिनेटमा गोल गर्दा सत्यम शर्माले २४ र २८औं मिनेटमा दुई गोल गरे। त्यस्तै अबायोमी फाकुनलेले ७५औं र विश्वास श्रेष्ठले ८८औं मिनेटमा गोल गरे।

उता एपिएफका लागी पहिलो हाफको इन्जुरी समयमा एपीएफका अर्मान्ड बेउडोमले  गोल गर्दा सनिस श्रेष्ठले ४६औं र प्रदिप लामाले ६२औं मिनेटमा गोल गरे।

जितसँगै शेर्पा ९ अंक जोड्दै नवौं स्थानमा उक्लिदा एपिएफ ११ अंकसहित आठौं स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →