← समाचारमा फर्कनुस्
हिमालयन शेर्पाविरुद्ध आर्मी, संकटाविरुद्ध जावलाखेल र चर्च ब्वाइजविरुद्ध मनाङ भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
दिउसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।
आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहदा हिमालयन शेर्पा १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
त्यस्तै सोहि समय च्यासल मैदानमा संकटा क्लब र लिग लिडर जावलाखेल युथ क्लब भिड्दैछन्।
जावलाखेलको १२ खेलमा २३ रहेको छ भने संकटा १२ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्। यी गुईबिचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहदा मनाङ समान खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |