फ्रेन्ड्सविरुद्ध चर्च ब्वाइज, सातदोबाटोविरुद्ध हिमालयन शेर्पा र आर्मीविरुद्ध मनाङ

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैछ।
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइजविरुद्ध खेल्दैछ।
चर्च ब्वाइज १३ खेलमा २१ अंक जोड्दै चौंथो स्थानमा रहदा फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १२ स्थानमा रहेको छ ।
सोही समय च्यासल रंगशालामा रोयल ब्लु सातदोबाटोविरुद्ध हिमालयन शेर्पा भिड्दैछ।
सातदोबाटो १३ खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा रहदा आजको खेल जित्दै लिग लिडर बन्ने लक्ष्यमा रहेको छ। उता समान खेलमा १४ अंक जोडेको शेर्पा रेलिगेसनमा रहेको छ ।
आज हुने अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विरुद्ध मनाङ मर्स्याङ्दी क्लब भिड्दैछ। लगातार ६ खेलमा पराजय व्यहोरेको मनाङ आज त्यसलाई तोड्ने लक्ष्यमा रहेको छ।
यो खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ।
आर्मी १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा रहदा समान खेलमा मनाङ १५ अंक जोड्दै ११ औं स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |