← समाचारमा फर्कनुस्
मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड लिग लिडर बनेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रलाई २-१ ले हराउँदै चर्च ब्वाइज शिर्ष स्थानमा उक्लिएको हो ।
चर्च ब्वाइजलाई जिताउन अन्जन विष्टले पहिलो हाफमा एक गोल गरे।
त्यस्तै मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले आत्मघाती गोल गरे।
मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत १ गोल गरे।
यो जितसंगै १६ खेलमा ३० अंक जोड्दै चर्च ब्वाइज शिर्ष स्थानमा रहेको छ। त्यस्तै मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |