← समाचारमा फर्कनुस्
Football Apr 22, 2023 · Shishir

लिग लिडर जावलाखेलले चर्च ब्वाइजलाई हरायो

लिग लिडर जावलाखेलले चर्च ब्वाइजलाई हरायो

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाईटेडलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा जावलाखेलले चर्च ब्वाइजलाई १-० गोल अन्तरले पराजित गरेको हो।

जावलाखेलको जितमा एकमात्र गोल एनकोटो मोसाबीले खेलको ६५ औं मिनेटमा गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।

जारि लिगमा चर्च ब्वाइजको यो पहिलो हार समेत हो।

यो संगै लिग लिडर जावलाखेलले ११ खेलमा २३ अंक जोडेको छ । उता पराजित भएको 

चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा कायमै रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →