← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

चेन्चोले इन्जुरिका कारण पुरा सिजन गुमाउने

चेन्चोले इन्जुरिका कारण पुरा सिजन गुमाउने

काठमाडौ- भुटानी टिम कप्तान तथा भुट्नीज रोनाल्डो नामले परिचित मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण जारि सहिद स्मारक ए डिभिजन लिग बाँकी सबै खेल गुमाउने भएका छन् ।

अघिल्लो थ्री स्टार क्लबविरुद्ध खेलमा उनी चोटग्रस्त हुदै मैदान बाहिर भएका थिए। उनको बायाँ खुट्टाको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि सिजन गुमाउने भएका हुन्।

उनलाई मैदान फर्कन कम्तिमा २ महिना लाग्ने डाक्टरले बताएका छन्।

उनले लिगमा मच्छिन्द्रका लागी ७ खेल खेल्दै १ गोल र १ असिस्ट गरेका छन्। उनी नेपालमै सम्पन्न थ्री नेसन्स कप पछि मच्छिन्द्रमा अनुबन्धित भएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →