← समाचारमा फर्कनुस्
Football Apr 16, 2023 · Shishir

मेस्सी र एमबाप्पे चम्किदा पिएसजीको सहज जित

मेस्सी र एमबाप्पे चम्किदा पिएसजीको सहज जित

काठमाडौ- फ्रेन्च लिग वानमा राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेन्सविरुद्ध सहज जित निकालेको छ।

आफ्ना दुई स्टार फरवार्ड केलियन एमबाप्पे र लियोनेल मेस्सी चम्किएपछि पिएसजी सहजै विजयी भएको हो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएसजीले दोस्रो स्थानमा रहेको लेन्समाथि ३–१ गोलको जित निकालेको हो।

पिएसजीका लागी एमबाप्पे, मेस्सी र भिटिन्हाले समान १-१ गोल गरे। उता लोन्सका लागी प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल गरे।

यो जितसँगै पिएसजीले ३१ खेलबाट ७२ अंक जोडेको छ।  उता पराजित भएको लेन्स ६३ अंकका साथ दोस्रो स्थानमा कायमै रहेको छ। योसंगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →