← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

वर्षाले स्थगित भएका तीन खेल सहित आज 'ए' डिभिजन लिगमा चार खेल हुँदै

वर्षाले स्थगित भएका तीन खेल सहित आज 'ए' डिभिजन लिगमा चार खेल हुँदै

काठमाडौ-जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिजो वर्षाले स्थगित भएका तीन खेलसहित आज चार खेल हुँदैछ।

पहिलो खेलमा एन्फा कम्प्लेक्सस्थित दिउसो १ बजे संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ। 

५१ औं मिनेटबाट सुरु हुने खेलमा जावलाखेल १-० गोलअन्तरले अघि रहेको छ।

दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्। एन्फा कम्प्लेक्समा दिउँसो ३:३० बजे सुरु हुनेछ।

तेस्रो खेलमा हिमालयन शेर्पा  र त्रिभुवन आर्मी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईको खेल बेलुकी ४:३० बजे सुरु हुनेछ। 

७१ औं मिनेटबाट सुरु हुने खेलमा दुवै टोलि १-१ गोलको बराबरीमा रहेका छन्।

आज हुने अन्तिम खेलमा मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्सब भिड्दैछन्।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

लिगमा सातदोबाटो १२ खेलमा २१ अंक जोड्दै तेस्रो स्थानमा रहदा मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →