← समाचारमा फर्कनुस्
Basketball Aug 17, 2023 · Shishir

रेडियन्टलाई दोहोरो सफलता

रेडियन्टलाई दोहोरो सफलता

रेडियन्ट पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो सफलता पाएको छ । रेडियन्ट सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा रेडिअन्टले राइजिङ स्टारलाई ३५–१२ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र क्षेत्रीले ८ अंक योगदान गरे । सिनियर गल्र्समा दिब्यान्शा कर्कीको २० अंक सहयोगमा रेडियन्टले पिपुल्स एकेडेमीलाई ३०–११ ले हरायो ।

सिनियर ब्वाइजमा द एक्सेल्सियर स्कुलले एनआईसी एकेडेमीलाई २८–२७, हेम्सले स्वर्णिमलाई २७–२५, ब्राइट होराइजनले एस्फोडेललाई ४६–१८, नेरिक एकेडेमीले एलआरआई ४०–१४ र ग्रिनल्यान्डले काठमाडौं भ्याली, छाउनीलाई ४२–१२ ले पाखा लगाए । एक्सेल्सियरका रुसिप मुनिकारले १५, हेम्सका हेमन्त राजवंशीले १०, ब्राइट होराइजनका ज्योतिष शाहीले १२, नेरिकका सुशल खत्रीले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ स्कोर गरे ।

सिनियर गल्र्समा काष्ठमण्डपले एलआरआईलाई २९–१३, ब्राइट होराइजनले स्वर्णिमलाई १७–११ र न्यु जेनिथले हेम्सलाई २७–१४ ले पन्छाए । काष्ठमण्डपकी रिया राईले १७, ब्राइट होराइजनकी कविता लामाले ५ र न्यु जेनिथकी राइशा सिंहले १३ अंक जोडे ।

जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले काठमाडौं भ्याली, छाउनीमाथि १२–४ को जित दर्ता ग¥यो । विजेताका सन्दिप गुरुङले ४ अंक बटुले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →