TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball May 14, 2025 · Swadesh

एचजेबीएलमा रोएल्स र गोल्डेनगेट विजयी

एचजेबीएलमा रोएल्स र गोल्डेनगेट विजयी

३१ बैशाख, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बुधबार भएको खेलमा रोएल्स र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन् । 

रोएल्सले टाइम्स बास्केटबल क्लबलाई हराएर लिगमा पहिलो पहिलो जित हात पारेको छ । 

यसअघिका दुई खेलमा पराजित भएको रोएल्सले बुधबार टाइम्स क्लबलाई ८३-७१ ले पराजित गरेको हो । 

पहिलो जितपछि रोएल्सले ३ खेलबाट ३ अंक जोडेको छ । दोस्रो हार व्यहोरेको टाइम्सको पनि ३ खेलबाट समान ३ अंक नै छ । 

कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले पहिलो क्वाटरमा १९-१५ को अग्रता लिएको थियो । त्यसलाई कायम राख्दै रोएल्सले अन्त्यसम्म अग्रता लियो । रोएल्सले दोस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३९-२९ को अग्रता बनाएको थियो ।

रोएल्सले तेस्रो क्वाटर २०-१८ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरमा दुवै टिमले २४-२४ अंक स्कोर गरेका थिए । 

विजयी टिम रोएल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २६ अंक स्कोर गरे । टाइम्सका लागि मनिष केसि र मबिन्द्र भण्डारीले समान १७ अंक स्कोर गरे । रोएल्सका विनोद महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । 

यस्तै बुधबारै भएको दोस्रो खेलमा गोल्डेनगेटले कीर्तिपुर बास्केटबल क्लबलको अपराजित यात्रा टुङ्गयाउँदै दोस्रो जित हात पारेको छ । 

गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको हो । दोस्रो जितपछि गोल्डेनगेटले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कीर्तिपुरको पनि ३ खेलबाट समान ६ अंक नै छ । 

पहिलो क्वाटर गोल्डेनगेटले २९-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४-१९ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म गोल्डेनगेटले ४८-४५ को झिनो अग्रता बनाएको थियो । 

तर तेस्रो र चौथो क्वाटर २१-९ र २३-११ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले सहजै खेल जितेको हो । 

गोल्डेनगेटका लागि अजय कुश्वाहाले सर्वाधिक २२ अंक जोडे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित भए । कीर्तिपुरमा लागि सयुन राईले १७ अंक स्कोर गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →