← समाचारमा फर्कनुस्
बास्केटबल लिग असोज १२ गतेदेखि

काठमाडौं- नेपाल राष्ट्रिय बास्केटबल लिग यसै महिना हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।
यस लिगमा आठ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी क्लबमा विशाल मिलन केन्द्र, बुढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेशनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इन्टरनेशनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सहभागिता जनाउनेछन् । लिगको विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।
यस्तै प्रत्येक सहभागी क्लबले तयारी खर्च स्वरूप ५० हजार रुपियाँ पाउने सङ्घले जनाएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |