← समाचारमा फर्कनुस्
Football Jul 11, 2023 · Shishir

डुरान्ड कप : त्रिभुवन आर्मी रहेको समूहमा हैदरावाद, चेन्नईयिन र दिल्ली एफसी

डुरान्ड कप : त्रिभुवन आर्मी रहेको समूहमा हैदरावाद, चेन्नईयिन र दिल्ली एफसी

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ। डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमलाई सहभागी गराउन लागिएको हो। 

 प्रतियोगितामा त्रिभुवन आर्मीबाहेक भुटान सर्भिस र बंगलादेश आर्मीले पनि सहभागिता जनाउने छन्। यसपपटकको प्रतियोगिता १३२ औँ संस्करण हुनेछ। यो प्रतियोगिता अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतको कोलकातामा आयोजना हुनेछ। प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबहरुसहित २४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ। आर्मी रहेको समूह ईमा आईएसएल क्लब हैदरावाद एफसी र चेन्नईयिन एफसी रहेका छन्। यस्तै, आई लिगको दिल्ली एफसी पनि यसै समूहमा रहेको छ। समूहका विजेता र उपविजेता नकआउट स्टेजमा पुग्ने छन्।

प्रतियोगिताको विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने छ। डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा आयोजना भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो। फाइनलमा बेंगलुरुले मुम्बई एफसीलाई १-० गोलअन्तरले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →