← समाचारमा फर्कनुस्
Basketball Jun 26, 2023 · Shishir

अन्नपूर्णलाई बास्केटबल उपाधि

अन्नपूर्णलाई बास्केटबल उपाधि

अन्नपूर्ण गाउँपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित ग¥यो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे । उपाधिसंगै अन्नपूर्णले १ लाख नगद पुरस्कार हात पा¥यो भने कीर्तिपुरले ५० हजार नगद पुरस्कार पायो ।

केमन ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । उनले १० हजार नगद पुरस्कार जिते ।
कीर्तिपुर कभर्डहलमा पहिलो क्वाटरमा २२–१३ को अग्रता लिएको अन्नपूर्ण दोश्रो र तेश्रोमा क्रमशः २०–२३ र २०–२१ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटर २६–२४ ले आफ्नो पक्षमा पार्दै अन्नपूर्णले उपाधि पक्का ग¥यो ।

ललितपुर महानगरपालिकाले नागर्जुन नगरपालिकालाई ९८–९३ ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरका प्रनिशले ३० स्कोर गरे । ललितपुरले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उप मेयर शुभलक्ष्मी शाक्य, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →