← समाचारमा फर्कनुस्
अन्जनको ह्याट्रिकमा चर्च ब्वाइजको शानदार जीत

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अन्जन विष्टले ह्याट्रिक गर्दा चर्च ब्वाइज युनाईटेडले एनआरटीविरुद्ध शानदार जित दर्ता गरेको छ।
च्यासल मैदानमा एनआरटीविरुद्ध चर्च ब्वाइज ४-१ गोल अन्तरले विजयी भएको हो।
यो जितसंगै चर्च ब्वाइज लिगको शीर्ष स्थान समेत उक्लिएको छ।
चर्च ब्वाइजका लागी अन्जन विष्टले ह्याट्रिक गर्दा सुशील शाहले एक गोल गरे।
उता एनआरटीका लागी दिपेश आले मगरले एक गोल गरे।
यो जितसंगै लिग लिडर बनेको चर्च ब्वाइजको १५ खेलमा २७ अंक रहेको छ ।
उता एनआरटीको १५ खेलमा १७ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |