← समाचारमा फर्कनुस्
फ्रेन्ड्सविरुद्ध चर्च ब्वाइजको कमब्याक जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबविरुद्ध २–१ गोलको कमब्याक जित निकालेको हो ।
चर्च ब्वाइजको जितमा खेलको ८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दा इन्ज्युरी समयमा आशिष चापागाईंले गोल गरे।
फ्रेन्ड्सका लागी खेलको १४औं मिनेटमा बेन नास क्वान्साले सुरुवाती गोल गरेका थिए।
यो जितसँगै चर्च ब्वाइज १४ खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित भएको फ्रेन्ड्स क्लब समान खेलबाट १५ अंक जोड्दै १३औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |