← समाचारमा फर्कनुस्
Football May 08, 2023 · Shishir

एन्फा कार्यसमितिको आकस्मिक बैठक बस्दै

एन्फा कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको आकस्मिक बैठक आज (सोमबार) बस्ने भएको छ।

एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरूलाई पत्रमार्फत सोमबार दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि आदेशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ।

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दीपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिष्कार गरेका थिए ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →