← समाचारमा फर्कनुस्
'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।
दिउँसो ३ बजे दशरथ रंगशालामा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्।
मनाङ १९ खेलमा २३ अंक जोडेर आठौं स्थानमा रहदा एपीएफ समान खेलमा २२ अंक जोडेर दशौं स्थानमा रहेको छ ।
सोहि समय च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।
मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहदा एनआरटी समान खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा जावलाखेल युथ क्लब र संकटा क्लब भिड्दैछन्।
जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहदा संकटा समान खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |