← समाचारमा फर्कनुस्
एनआरटीमाथि संकटाको जित

काठमाडौ- जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको २२औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३७औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६२औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २-१ ले विजयी भयो ।
उक्त जितसँगै संकटाको यो तेस्रो जित निकालेको हो । संकटाले ८ खेलमा १२ अंक जोडेको छ । संकटा सातौं स्थानमा उक्लिएको छ । पराजित एनआरटीले ८ खेलमा ६ अंक जोडे र चौंथो हार व्यहोर्दै ११ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |