← समाचारमा फर्कनुस्
Football Apr 11, 2023 · Nepalsports

जावलाखेल आर्मीसंग स्तब्ध

जावलाखेल आर्मीसंग स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लब त्रिभुवन आर्मी फुटबल क्लबसंग स्तब्ध भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले जावलाखेललाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

आर्मिको जितमा १६ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्की, ५४ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा सुदिल राई गोल गरे।

उता जावलाखेलका लागी ६२ औं मिनेटमा सुनिल खड्काले गोल गरे।

यो जितसंगै आर्मीले आठ खेलमा  १२ अंक जोडेको छ । उता पराजित भएको  जावलाखेलको समान खेलमा १४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →