लिग लिडर जावलाखेललाई अग्रता बढाउने मौका

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।
दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्।
लिगमा खुमलटार १० खेलमा १० अंक जोडिदै तालिकाको १२ औं स्थानमा रहेको छ ।
उता मनाङ १० खेलमा १५ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।
सोहि समय च्यासल मैदानमा हुने खेलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।
लिगमा मछिन्द्र १० खेलमा १३ अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ । उता
फ्रेन्ड्स १० खेलमा ११ अंक जोड्दै तालिकाको ११ औं स्थानमा रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्दैछन्। यी दुईबिचको खेल दशरथ रंगशाला साँझ ६ बजे सुरु हुनेछ ।
लिगमा जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
उता चर्च ब्वाइज १० खेलमा १८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |