← समाचारमा फर्कनुस्
Football Sep 30, 2026 · Swadesh

क्रोएसियामाथि स्पेनको सहज जित

क्रोएसियामाथि स्पेनको सहज जित

लामिन यामलले खेल सुरु भएको ७५ सेकेन्डभित्र गोलको खाता खोलेपछि विश्व च्याम्पियन स्पेनले यूईएफए नेसन्स लिगमा मंगलबार क्रोएसियालाई ४–१ ले पराजित गरेको छ । सेभियामा भएको खेलमा विश्व फुटबलका उदयनमान सुपरस्टार यामलले दुई गोल गरे ।

अन्य दुई गोल मार्क पुबिल र निको विलियम्सको नाममा रह्यो । इंग्ल्यान्डले भने अर्को खेलमा चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेका छ । यसमा एन्थोनी गोर्डनले गोलको खाता खोलपछि ह्यारी केनले दोस्रो गोल थपे र आफ्नो टिमको जित निश्चित गरे ।

अन्य खेलमा भने स्विटजरल्यान्डले स्कटल्यान्डलाई ३–० र स्लोभानियाले उत्तरी मेसेडोनियालाई २–० ले पराजित गर्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →