← समाचारमा फर्कनुस्
Football Sep 08, 2026 · Swadesh

लाजियोको शतप्रतिशत सुरुआत कायम

लाजियोको शतप्रतिशत सुरुआत कायम

अल्बर्ट गुमुन्डसनल दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गरेपछि लाजियोले सोमबार इटालीको सिरी ए मा लगातार तेस्रो जित निकालेको छ । आफ्नो शतप्रतिशत नतिजा कायम राख्नका लागि लागि उसले युडिनेजीलाई २–१ ले पराजित गरेको हो ।

लाजियोसँगै एएस रोमा र इन्टर मिलान इटालीमा सुरुआती तीनै खेल जित्ने टिम रहेका छन् । उनीहरू नै सुरुआती अंक तालिकाको शीर्षमा छन् । युडिनेजीले आफ्नो घरेलु मैदानमा जास्पर कार्लस्ट्रोमको गोलमा ४९ औं मिनेटमा अग्रता लिएको थियो ।

लाजियोका लागि डाभिडे फ्राटेसीले ७५ औं मिनेटमा बराबरी गोल गरेपछि  गुमुन्डसनले ८८ औं मिनेटमा निर्णायक गोल गरे । युडिनेजी तीन खेलबाट चार अंकमा टिम दसौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →