मनाङलाई अग्रता बढाउने मौका

काठमाडौं- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउसो २ बजे न्युरोड टिम एनआरटी र संकटा क्लब भिड्दैछन्।
लिगमा एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । उता संकटा समान खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै दिउसो २ बजे नै हुने अर्को खेल च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच हुनेछ ।
एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं स्थानमा रहेको छ भने हिमालयन शेर्पा समाव खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लब भिड्दैछन्।
रंगशालामा साँझ ५:४५ बजे सुरु हुने खेलमा लिग लिडर मनाङलाई आजको खेल जित्दै अंक बढाउने मौका रहेको छ।
मनाङ ७ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा रहदा उता सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |