← समाचारमा फर्कनुस्
ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौ- जारी शहिद स्माकर ए डिभिजन लिगमा आज आठौं चरणका खेलहरु सुरु हुँदैछ ।
आज दुई खेल हुँदैछन्, खेल दिउँसो २ बजेबाट एन्फा कमप्लेक्स र च्यासल रंगशालामा हुनेछ ।
आज च्यासल रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्बलले एफसी खुमलटारको सामना गर्नेछ । लिगमा मछिन्द्र ७ खेलमा ९ अंकका साथ नवौ स्थानमा रहेको छ । उता खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
उता एन्फा कमप्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेलले आर्मीको सामना गर्नेछ । जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उता आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
जारी सिजन ७ खेलबाट मनाङ १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १४ अंकसहिज जावलाखेल दोस्रो स्थानमा रहेको छ
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |