स्टेगनको उत्कृष्ट प्रर्दशनीमा बार्सिलोना सुपर कपको फाइनलमा

1 min read

टाइब्रेकरमा रियल सोसीडाडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । टाइब्रेकरमा रियल सोसीडाडमाथि ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा पनि गोल हुन नसक्दा टाइब्रेकरमा पुग्यो ।

खेलको ३९ औं मिनेटमा एन्टोइन ग्रिजमनको क्रसमा फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवातमै सोसीडाडले खेल बराबरीमा गऱ्यो । डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए ।

बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले, मिरालेम प्यानिचले र रिकी पुजको प्रहारमा गोल गर्दै जित दिलाए । बार्सिलोनाका लागि डे जोङ र एन्टोइन ग्रिजमनको प्रहार भने गोल हुन सकेन ।

सोसीडाडका लागि मिकेल मेरिनोले र अदनान जानुजाजले गोल गरे भने विलियन जोसे, जोन बाउटिस्टा र ओयाराज्बालको प्रहार टेर स्टेगनले बचाउ गरिदिएको थियो।

टाइब्रेकरको अन्तिम प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३-२ को जित पक्का गरे ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ । बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने सुरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.