ब्राइटनलाई पराजित गर्दै सिटि तेस्रो स्थानमा
1 min read
इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा साविक उपविजेता म्यान्चेस्टर सिटिले महत्त्वपूर्ण जित हात पारेको छ। सिटिले गय राती घरेलु मैदानमा ब्राइटनमाथि १-० गोलको जित हात पारेको हो।
सिटिलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे। फोडेनले खेलको ४४औं मिनेटमा केभिन डि ब्रुइनेको पास मार्फत सुन्दर गोल गरेका थिए।
यस् जितसँगै सिटि तालिकाको तेस्रो स्थानमा उक्लेको छ। हालसम्म १६ खेल खेलेको सिटिको खातामा ३२ अंक रहेको छ।
यस्तै हिजो भएको अर्को प्रिमियर लिग खेलमा टोट्न्हम हट्स्पर र फुल्हम फुटबल क्लबले १-१ गोलको बराबरी खेलेका छन्।
टोट्न्हमका लागि खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गरेका थिए भने इभान काभालियरोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए।