पिएसजीलाई फ्रेन्च सुपर कप

1 min read

गत सिजनको ‘लिग वान’ फुटबलको उपविजेता ओलम्पिक डि माइसाइललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधी हात पारेको छ।

पिएसजीले गय राती सम्पन्न फाइनलमा मार्साइलमाथि २-१ गोलको जित हात पारेको हो। पिएसजीलाई जित दिलाउन माउरो इकार्डी (३९’) र नेमार जुनियर (८५’ पेनाल्टी) समान एक-एक गोल गरेका थिए।

यता मार्साइलका लागि डिमिट्रि पायटले खेलको ८९अौं मिनेटमा एक गोल फर्काएका थिए। पायटको गोलपछि अन्य गोल हुन् नसक्दा पिएसजीले नवौं फ्रेन्च सुपर कप उपाधी हात पारेको हो।

पिएसजीका नवनियुक्त वयवस्थापक माउरिसियो पोचेटिनोले फ्रेन्च जायन्टमा आफ्नो १२अौं दिनमा पहिलो उपाधी उचालेका छन्। यस् उपाधी माउरिसियोको वयवस्थापन जिवनको पहिलो मुख्य उपाधी समेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.