दोस्रो डिभिजनको होल्सटियनसँग पराजित हुँदै बार्यन जर्मन कपबाट बाहिरियो
1 min read
जर्मनीको दोस्रो डिभिजनको क्लब होल्सटियन कियलसँग पराजित हुँदै जर्मन कपको साविक विजेता बार्यन मुन्छेन ‘अन्तिम ३२’ बाटै बाहिरिएको छ।
गय राती सम्पन्न खेलमा बार्यन टाइब्रेकरमा पराजित भएको हो। निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २-२ गोलको बराबरीमा टुंगिएको थियो।
बार्यनले खेलको १४अौं मिनेटमा सर्ज ग्यानाब्रिको गोलमार्फत सुरुवाती अग्रता बनायो। तर ३७अौं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै होल्सटियनलाई खेलमा फर्काए।
बार्यनले खेलको ४७अौं मिनेटमा पुन: अग्रता बनायो। तर इन्जुरी समयको पाँचौ मिनेटमा हाउके वाहलले गोल गर्दै खेललाई अतिरिक्त समयमा लगे।
अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन् नसकेपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा होल्सटियनका सम्पूर्ण ६ खेलाडीले गोल गरे।
तर बार्यनका मिडफिल्डर मार्क रोकाले लिएको पेनाल्टी होल्स्टियनका गोलरक्षक लोनिस गेलियोसले उत्कृष्ट बचाउ गरेपछि खेलमा ६-५ गोलको जित हात पारेको हो
अब होल्सटियनले जर्मन कपको ‘अन्तिम १६’मा दोस्रो डिभिजनकै डर्मस्टाड्टको सामना गर्नेछ।
खेलको हाइलाइट्स हेर्नुहोस: