किरणको उत्कृष्ट प्रदर्शनका बाबजुद पञ्जाब पराजित
1 min read
नेपालका नम्बर एक किरण चेम्जोङ आबद्ध पञ्जाब फुटबल क्लब, आइ लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा पराजित भएको छ।
आज भएको खेलमा पञ्जाब गोकुलम केरेलासँग पराजित भएको छ। खेलमा पञ्जाबले दुई गोलको अग्रता बनाउँदा पनि अन्त्यमा ४-३ गोलको हार बेहोरेको हो।
केरेलाको जितमा डेनिस अन्टविले दुई (७०’ र ७२’) र फिलिप आद्जा (२७’) ले एक गोल गरेका थिए। केरेलाले एक गोल भने पञ्जाबका डिफेन्डर अनवार अलिको आत्मघाती गोलबाट पाएको थियो।
यता पञ्जाबका लागि छेन्छो ग्याल्छेनले खेलको १७अौं र २५अौं मिनेटमा दुई गोल गरे। यस्तै ४४अौं मिनेटमा रुपेर्ट नोङ्ग्रुमले एक गोल गरेका थिए।
पञ्जाबको कप्तानी गरेका किरणले खेलको ५३ अौं मिनेटमा घानाका डेनिस आन्ट्वीको पेनाल्टी बचाएका थिए।
त्यसबाहेक उनले २३औं मिनेटमा ६ यार्ड नजिकबाट अनमार्क रहेका अड्जाले गरेको प्रहारलाई उत्कृष्ट रुपमा विफल पारिदिएका थिए।
अब पञ्जाबले १९ जेनेवरीमा चर्चिल ब्रदर्सको सामना गर्नेछ। केरेलाको भने २० जेनेवरीमा आइजल एफसीसँग प्रतिस्पर्धा रहेको छ।