बर्नलीलाई हराउँदै युनाइटेड शिर्ष स्थानमा
1 min read
इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले महत्त्वपूर्ण जित निकालेको छ। युनाइटेडले आज भएको खेलमा बर्नलीलाई १-० गोलले पराजित गरेको हो।
अवे मैदानमा युनाइटेडलाई जित दिलाउन मिडफिल्डर पाउल पोग्बाले निर्णायक गोल गरे।
पोग्बाले खेलको ७१अौं मिनेटमा मार्कस रासफोर्डको पास मार्फत लाइनबाट गरेको भली प्रहार बर्नलीका म्याथिउ लोटन लाई लाग्दै गोलमा परिणत भएको थियो।
खेलमा घरेलु टिम बर्नलीको अग्रपंक्तिले युनाइटेडको रक्षापंक्ति खतरा सिर्जना गर्न सकेन। ३७ प्रतिशत बल पोसेसन पाएको बर्नलीले आफ्ना कुनैपनि प्रयासलाई टार्गेटमा राख्न सकेन।
यस् जितसँगै युनाइटेड तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। हालसम्म १७ खेल खेलेको युनाइटेडको खातामा ३६ अंक रहेको छ। दोस्रो स्थानको लिभरपुल युनाइटेड भन्दा तीन अंक पछि रहेको छ।
यता १६ खेलबाट १६ अंक बटुलेको बर्नली भने १६अौं स्थानमा रहेको छ।