फाइनल प्रवेशका लागि बार्सिलोना र सोसिड्याड भिड्दै

स्पेनिस सुपर कपको सेमिफाइनलमा आज लालिगाको साविक उपविजेता बार्सिलोना र रियल सोसिड्याड बिच प्रतिस्पर्धा रहेको छ।
सोसिड्याडको इस्टाडियो नुयभो अर्कान्जेलमा हुने यस् रोमाञ्चक भिडन्त नेपाली समय अनुसार रातीको १:४५ बजेबाट सुरु हुनेछ।
बार्सा गत सिजनको लालिगाको उपविजेता बन्दै सुपरकोपाको सेमिफाइनल प्रवेश गरेको थियो। यता सोसिड्याड भने गत सिजनको ‘कोपा डेल रे’को फाइनलमा पुग्दै सेमिफाइनलको टिकट पाएको हो।
यस् सेमिफाइनलको विजेताले उपाधीका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओ बिच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।