उल्भ्स माथि एभर्टनको जित

1 min read

इंग्लिस प्रिमियर लिगमा मंगलबार राति भएको खेलमा एभर्टनले उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ। उल्भ्सको मैदानमा भएको खेलमा एभर्टनका लागि एलेक्स इओबी र माइकल किनले एक एक गोल गरेका थिए भने उल्भ्सको लागि रुबेन नेभेसले गोल गरेका थिए।

एलेक्स इओबीले खेलको छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनलो लुकीस डिग्नको पासमा प्रहार गरेको बल डिफ्लेक्ट भएर गोल हुन पगे।

खेलको १४ औं मिनेटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रायानको राम्रो क्रसलाई सदुपयोग गर्दै गोल गरेको हुन ।

तर, खेलको ७७ औं मिनेटमा आन्ड्रे गोमेजको क्रसमा हेड गर्दै माइकल किनले गोल गरे र एभर्टनलाई २-१ को जित दिलाए ।

जितसँगै एभर्टन लिगको चौंथो स्थानमा उक्लिएको छ ।एभर्टनले १७ खेलमा ३२ अंक जोडेको छ । उल्भ्स २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.