उपाधीका लागि आयोजक धनुष र चौधरी-११ भिड्दै
1 min read
प्रदेश स्तरीय प्रथम मेयर कप २०७७ को उपाधीका लागि फाइनलमा आज धनुष शान्त समाज (धनुषा) र चौधरी-११ बारा बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।
श्री धनुष जनता उच्च मा.वि. धनुषाधामको खेल मैदानमा हुने यस् फाइनल भिडन्त नेपाली समय अनुसार दिउँसोको ३:०० बजेबाट सुरु हुनेछ।
यस्अघि सेमिफाइनलमा चौधरीले युनिटि युथ क्लब विरगंज माथि २-० गोलको जित हात पारेको थियो। यस्तै धनुषले भने फ्युजन फुटबल क्लब उदयपुरलाई २-१ गोलले स्तब्ध पारेको थियो।
विजेताले १,११,१११ पुरस्कार रकम प्राप्त गर्नेछ। त्यसैगरी उपविजेताको भागमा ५५,५५५ पर्नेछ। फाइनल खेल नेपालस्पोर्ट्स युटुब च्यानल मार्फत प्रत्यक्ष रुपमा हेर्न सकिनेछ।