आयोजक धनुषलाई प्रदेश स्तरीय प्रथम मेयर कप २०७७ को उपाधी

1 min read

फाइनलमा चौधरी-११ बारालाई पराजित गर्दै आयोजक धनुष शान्त समाजले प्रदेश स्तरीय प्रथम मेयर कप २०७७ को उपाधी जित्न सफल भएको छ।

धनुषले आज भएको फाइनलमा चौधरीलाई टाइब्रेकरमा पराजित गरेको हो। निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा धनुषका गोलरक्षक अनिश देउजाले चौधरीका बिबेक चौधरी र राकेश चौधरीको पेनाल्टी बचाए। यता चौधरीका गोलरक्षक दिलेन चौधरीले लुइसिको पेनाल्टी जोगाएका थिए।

अन्त्यमा धनुषले ४-३ गोलको अन्तरले फाइनल खेलमा विजयी हात पार्‍यो।

यस् जितसँगै आयोजकले १,११,१११ पुरस्कार रकम प्राप्त गर्‍यो। त्यसैगरी उपविजेता चौधरीको भागमा भने ५५,५५५ पर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.