सन्दिप विकेटविहिन, होवर्ट लगातार तेस्रो खेलमा पराजित

1 min read

अष्ट्रेलियन बिग ब्यास लिगमा नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने सम्मीलित होवर्ट हुरिकेन्सले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। हुरिकेन्स आज पर्थ स्काउचर्ससँग पराजित भएको हो।

अवे मैदानमा भएको खेलमा हुरिकेन्सले पर्थ विरुद्ध ९ विकेटको फराकिलो हार बेहोरेको हो। हुरिकेन्सले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। र निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाउन सफल भयो।

हुरिकेन्सका लागि डि’एर्सि सर्टले सर्वाधिक रन बनाए। सर्टले ४७ बलमा ७ चौकाका साथ ५४ रन बनाएका थिए। यस्तै टिम डेविडले २३ बलमा नटआउट ३१ रन बनाउँदै महत्त्वपूर्ण पारी खेलेका थिए।

कोलिन इनग्रामले १८ रन जोड्दा पिटर ह्यान्डस्कम्बले १३ र मिचेल ओवेनले ११ रन बनाए।

हुरिकेन्सलाई १४० रनको सामान्य लक्षमा रोक्न पर्थका एरन हार्डिले ४ ओभरमा ३६ रन खर्चंदै २ विकेट चट्काए। यस्तै जाइ रिचार्डसन, जेसन बेरेन्डर्फ र फवाद अहमदले समान १-१ विकेट हात पारे।

जवाफी ब्याटिङ गर्ने क्रममा पर्थले १४० रनको सामान्य लक्ष १ विकेटको क्षतिमा १६.२ ओभरमा पूरा गर्‍यो। पर्थका ओपनर जेसन रोयले ५२ बलमा ८ चौका र ३ छक्काको प्रहार गर्दै ७४ रनको नटआउट इनिङ खेले।

अर्का ओपनर लायम लिभिङस्टोनले ३९ बलमा ५४ रन बनाउँदा जोस इङलिसले ७ रन बनाए।

यस् खेलमा हुरिकेन्सका स्कट बोल्यान्डले बाहेक अन्य बलर विकेट हात पारेनन। नेपालका स्टार स्पिनर सन्दिप लामिछानेले ३ ओभरमा २३ रन खर्चंदा कुनैपनि विकेट हात पारेनन।

सन्दिपले यस् संस्करणको बिबिएलमा हालसम्म ४ खेलमा ४ विकेट हात पारेका छन्।

यस् जितसँगै पर्थ तालिकाको तेस्रो स्थानमा रहेको छ। हालसम्म ९ खेल खेलेको पर्थको खातामा २० अंक रहेको छ।

यता १० खेलबाट १९ अंक बटुलेको हुरिकेन्स पाँचौ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.