पौडीकि गौरिका बर्षको उत्कृष्ट महिला खेलाडी

पौडीकि गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा गौरिका वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्।

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारेकि थिइन्।

गत बर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन्।

गत बर्ष नै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले कीर्तिमानि १२ स्वर्ण जितेकी थिइन्।

अवार्ड कार्यक्रममा भने गौरिका भर्चुअल रुपमा उपस्थित थिइन्। उनि हाल युकेमा रहेकि छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.