सिमरामा मकवानपुरको विजयी शुरुवात

कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा सिमरामा आजबाट भएको दोस्रो भेट्रान कप २०७७ मा मकवानपुरले बाजि मारेको छ।

ओपेनिङ गेममा हाम्रो फुटबल क्लब, वीरगञ्जलाई मकवानपुर भेट्रानले ४ का विरुद्ध १ गोलगर्दै विजयी शुरुवात गरेको छ । खेलको पहिलो हाफमा मकवानपुर ३÷० ले अग्रता लिएको थियो ।

मकवानुरको तर्फबाट ह्याट्रीक वीरेन्द« खत्रीले गरेका थिए । उनी नै खेलको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । खेलको सेकेण्ड हाफमा एकमात्र सान्त्वना गोल वीरगञ्जले फर्काए पनि खेल सकिन केहि मिनट बाकी रहदा मकवानपुरको तर्फबाट अमित सिंहले एक गोलगर्दै खेललाई ४÷१ को फराकिलो जित अन्तरले विजयी बनाउन सफल भए ।

मकवानपुर भेट्रानलाई जर्सी र जुराफ अमुन गुरुङ र निमा लामाले सहयोग गरेका थिए भने ट्रयाकसुट विनोद लामा भोम्जन र एनआरएन जापानका सुरेन्द«लाल श्रेष्ठले सहयोग गरेका थिए ।

भोलिको खेल हेटौंडा कै अर्काे टिम हेटौंडा फुटसल भेट्रान र भेट्रानसिटी भेट्रान, वीरगञ्ज वीचको खेल हुनेछ भने आजको विजेता मकवानपुर भेट्रानको खेल १६ गते वीरगञ्ज युथ एकेडेमी भेट्रान र बकुलिया भेट्रान वीचको विजेतासंग भिडन्त हुनेछ ।

सो खेलको फाइनल खेल यहि २० गते हुने आयोजक टिमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.