भिएआरले दुई गोल रद्द गरिदिएपछि लिभरपुल बराबरीमा रोकियो
1 min read
इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र ब्राइटन बिच नाटकीय खेल सम्पन्न भएको छ।
ब्राइटनको घरेलु मैदानमा सम्पन्न खेलमा दुई टोली बिच १-१ गोलको बराबरी भएको हो।
खेलको दसौं मिनेटमा ब्राइटनका एरन कोनोलीले वान अन वानको स्थितिमा साविक विजेता विरुद्ध सुरुवाती अग्रता बनाउने अवसर खेर फाले।
लगत्तै २०अौं मिनेटमा ब्राइटनले खेलमा पेनाल्टी प्राप्त गर्दै अग्रता बनाउने अर्को अवसर खेर पायो। तर स्ट्राइकर निल मौपेले लिएको पेनाल्टीले दिशा प्राप्त गर्न सकेन र खेल ०-० गोलको स्थितिमै रह्यो।
३५अौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाए। तर अफसाइडलाई कारण देखाउँदै भिएआरले सालाहको सो गोल रद्द गरिदियो।
खेलको ६०अौं मिनेटमा साविक विजेताले सुरुवाती अग्रता बनायो। लिभरपुलका लागि सालाहसँग तालमेल मिलाएर ब्राइटनका दुई डिफेन्डरलाई ड्रिबल गर्दै डिएगो जोटाले सुन्दर गोल गरेका थिए।
८४अौं मिनेटमा जोर्डन हेन्डर्सनको फ्रि-किक मार्फत साडियो मानेले हेडिङ गोल गरेपछि साविक विजेताले दुई गोलको अग्रता बनायो। तर सो गोल पनि अफसाइडलाई कारण देखाउँदै भिएआरले रद्द गरिदियो।
इन्जुरी समयको चौथो मिनेटमा ब्राइटनले खेलमा दोस्रोपटक पेनाल्टी प्राप्त गर्यो। लिभरपुलका एन्ड्रु रोवर्टसनले ड्यानी वेलब्याकलाई पेनाल्टी क्षेत्रमा फौल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीलाई मिडफिल्डर पास्कल ग्रोबले गोलमा परिणत गरेपछि खेल १-१ गोलको बराबरीमा टुंगियो।
यस् बराबरीसँगै लिभरपुल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। शिर्ष स्थानको लिभरपुलको खातामा १० खेलबाट २१ अंक रहेको छ।
यता समान १० खेलबाट १० अंक बटुलेको ब्राइटन १६अौं स्थानमा रहेको छ।
1 thought on “भिएआरले दुई गोल रद्द गरिदिएपछि लिभरपुल बराबरीमा रोकियो”