युभेन्टस च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा

1 min read

इटालीयन जायन्ट युभेन्टस युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि-क्वाटरफाइनलको टिकट पक्का गर्न युभेन्टसले गय राती घरेलु मैदानमा हङ्गेरियन क्लब फेरेन्कभारोसी टिसिलाई २-१ गोलले पराजित गरेको हो।

खेलमा सुरुवाती अग्रता भने अवे टिम फेरेन्कभारोसीले बनाएको थियो। १९अौं मिनेटमा फर्वाड मिर्टो उजिनिको गोलमार्फत अवे टिमले अग्रता बनाएको हो।

नेमारको गोलमा पीएसजीको जित

तर खेलको ३५अौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टस खेलमा फर्कायो। रोनाल्डोले जुआन क्वार्दादोको छोटो पासमा एक खेलाडीलाई छक्काउँदै बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको युभेले खेलमा अग्रता बनाउन दोस्रो हाफको इन्जुरी समयसम्म कुर्नुपर्‍यो।

जर्सी जित्न चाहानु हुन्छ भने हाम्रो युट्युब चयानल सस्क्राईब गर्नस्

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा क्वार्दादोको क्रसमा अल्भारो मोराटाले गरेको हेडर फेरेन्कभारोसीका गोलरक्षक डेनेस जिबुस्जले ठम्याउन नसकेपछि युभेन्टसले २-१ गोलको अग्रता बनाएको थियो।

अन्त्यमा युभेले २-१ गोलको जित हात पार्‍यो। यस् जितसँगै युभेन्टसले समूह चरणमा हालसम्म ४ खेलबाट ९ अंक बटुलेको छ। तालिकाको शिर्ष स्थानको बार्सिलोनाभन्दा युभेन्टस ३ अंक पछि रहेको छ।

यस् समूहबाट बार्सा र युभेले प्रि-क्वाटरफाइनल खेल्नेछन्।

2 thoughts on “युभेन्टस च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.