बार्सिलोना च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा

1 min read

समूह चरण अन्तर्गत चौथो खेलमा सहज जित निकाल्दै स्पेनीस जायन्ट एफसी बार्सिलोना युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि-क्वाटरफाइनलको टिकट पक्का गर्न बार्साले गय राती अवे खेलमा युक्रेनीयन क्लब डिनामो किएभमाथि ४-० गोलको फराकिलो जित निकालेको हो।

खेलको पहिलो हाफ गोलविहिन बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा चार गोल गर्दै बार्साले फराकिलो जित निकालेको हो।

युभेन्टस च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा

खेलको ५२अौं मिनेटमा बार्साले सुरुवाती अग्रता बनायो। मार्टिन ब्राथवेटको पासमा टाइट एङ्गलबाट गोल गर्दै राइट ब्याक सर्जिनो डेस्टले अवे टिमलाई अग्रतामा ल्याए।

लगत्तै ५७अौं मिनेटमा ब्राथवेटको गोलमार्फत बार्साले दुई गोलको अग्रता बनायो। अवे टिमको अग्रता दोब्बर बनाउन ब्राथवेटले ओस्कार मिन्ग्वेजाको हेडरलाई गोल पोस्टको दिशा दिएका थिए।

७०अौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राथवेटले बार्साको जित सुनिश्चित गरिदिए। यसपटक उनले आफू विरुद्ध पेनाल्टी क्षेत्रमा डेनिस पोपोभले फौल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोइम ग्रिजमनले अर्को गोल गरेपछि बार्साले ४-० गोलको जित हात पार्‍यो। यस् जितसँगै बार्साले ४ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक बटुलेको छ।

जर्सी जित्न चाहानु हुन्छ भने हाम्रो युट्युब चयानल सस्क्राईब गर्नस्

शिर्ष स्थानको बार्सा दोस्रो स्थानको युभेन्टसभन्दा ३ अंक अघि रहेको छ। युभेन्टस पनि यस् समूहबाट प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।

2 thoughts on “बार्सिलोना च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.