मेस्सीले च्याम्पियन्स लिगमा किएभ विरुद्ध नखेल्ने

क्याटालान क्लब एफसी बार्सिलोनाका कप्तान लिओनल मेस्सीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत युक्रेनीयन क्लब डिनामो किएभ विरुद्ध मंगलबार हुने खेल नखेल्ने भएका छन्।

मेस्सीसँगै डच मिडफिल्डर फ्रान्की डि जोङले पनि किएभ विरुद्धको खेल गुमाउने भएका हुन्।

बार्साका प्रशिक्षक रोनाल्ड कोमनका अनुसार किएभ विरुद्धको खेलमा खासै दबाब नहुने भएकाले दुई खेलाडीलाई विश्राम दिइएको हो।

यस्तै गत शनिबार एट्लेटिको मड्रिड विरुद्ध भएको खेलमा चोट बोकेका डिफेन्डर जेराड पिके र सर्जी रोवर्टो पनि बार्साका लागि उपलब्ध हुनेछैनन्।

सो खेलका लागि प्रशिक्षक कोमनले गरेका १९ सदस्यीय टोली यस् प्रकारको छ:

मार्क आन्ड्रे टर स्टेगन, एन्टोइन ग्रिजमन ओस्मान डेम्बेले, सर्जिनो डेस्ट, मिरालीम पियानीच, ओस्मान डेम्बेले, मार्टिन ब्राथवेट, रिकी पुज, नेटो, फिलिपे कोउटिन्हो, क्लेमेन्ट लेङलेट, पेड्री, त्रिन्काओ, जोर्डी आल्बा, माथिअस परेरा, जुनिअर फिर्पो, इनाकी पेना, ओस्कार मिन्गुएजा, कोनराड डे ला फुएन्ते र कार्लोस अलेना।

च्याम्पियन्स लिगको समूह चरणमा समूह ‘जि’ मा रहेको बार्सा हालसम्म ३ खेलमा शत प्रतिशत जित निकाल्दै ९ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ।

बार्साले तालिकाको तेस्रो स्थानमा रहेको किएभ विरुद्ध भोलि राती १:४५ बजे प्रतिस्पर्धा गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.